प्रकाशित मिति : सोमवार, साउन २३, २०७९
नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौं माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ ज्ञानेन्द्रले काठमाडौंको माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया एक महिलाले घाँटीमा लगाएको पहेंलो धातुको सिक्री लुटेर फरार भएका थिए।
उनलाई प्रहरीले टोखा नगरपालिका–८ जाल्पाचोकबाट पक्राउ गरेको हो। प्रहरीले ज्ञानेन्द्रसँग तीन थान सिक्रीसमेत बरामद गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij