आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

  • प्रकाशित मिति : बुधबार, भदौ १, २०७९



  • खातामा रकम नभएको चेक दिएर ठगेको आरोपमा ४२ लाख जरिवाना तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भएर काठमाडौंको बानेश्वर बस्ने निरज बुढाथोकी छन् ।

    ३९ वर्षीय बुढाथोकी लाई कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी कमल थापाले रातोपाटीलाई बताए । उच्च अदालत पाटनले २०७७ पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

    निरले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध उजुरी हालेका थिए । उनलाई जिल्ला अदालतको आदेशले डिल्लीबजार कारागार चलन गरिएको एसपी थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij