आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक किलो अवैध लागूऔषध पोल्याण्ड सहित दुई जना पक्राउ

  • प्रकाशित मिति : सोमवार, भदौ २७, २०७९



  • भक्तपुर । भक्तपुर नगरपालिका–६ महालक्ष्मीबाट करिब १ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय सुनिल स्याङतान र मकवानपुर थाहा नगरपालिका–७ घर भई काठमाडौं नैकाप बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

    जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२–०२० प ४८०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार किशोरलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij