शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गाजाका विद्यालयहरूमा इजरायली आक्रमणमा परेर २५ जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, साउन २३, २०८१



  • एजेन्सी । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् ।

    सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले दुई विद्यालयमा धेरै मिसाइलहरू प्रहार गरेका थिए । इजरायली हवाई हमलामा परी कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको मेडिकल स्रोतले बताएको छ । गाजाको सिभिल डिफेन्स अथोरिटीले मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ ।

    यसैबीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली युद्धक विमानहरूले गाजा शहरको हसन सलामा र अल–नासर विद्यालयहरूमा लुकेर बसेका हमास कमाण्ड र कन्ट्रोल कम्प्लेक्सभित्र सञ्चालित लडाकुहरूलाई आक्रमण गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij