प्रकाशित मिति : शुक्रबार, साउन २५, २०८१
रौतहट २५ साउन। रौतहट स्थित चोरीको मोटरसाईकल सहीत २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानिय बौद्धीमाई नगरपालिका ५ का वर्ष २० को भगत भन्ने अभिषेक यादव र वर्ष २१ को मुकेश कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।
चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भईरहेको प्रवक्ता गिरीले जानकारी दिएकि छिन्।
बिहीवार बिहान २:३० बजे परोहा नगरपालिका ६ बस्ने मोतीलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेको ना २० प ५८३२ नम्बर को १२५ सि.सी. को सुपर स्पलेण्डर मोटरसाईकल घरको बरण्डामा पार्किङ्ग गरी राखेको स्थानबाट चोरी भएको थियो।
मोटरसाईकल चोरीको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरीको टोलीले खोजतलासको क्रममा बौद्धीमाई नगरपालिका ५ स्थित उक्त मोटरसाईकल सहीत दुवैजना लाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीहरु बिशेष सक्रियता देखाउँदै चोरी तस्करी तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा तदारुकता देखाएको स्थानीयले बताएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij