मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवद्र्धनमा सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

  • प्रकाशित मिति : शनिबार, अशोज १२, २०८१



  • विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् ।

    ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

    उनले भने, ‘यो चलचित्र हेर्न मौका मिल्यो । यसको प्रमोसनमा कोशी प्रदेश सरकारले के गर्नुपर्छ हामी तयार छौँ । यसको लागि आन्तरिक मामिला मन्त्रालयलाई समन्वय गर्न आग्रह गर्दछु ।

    मुख्यमन्त्री कार्कीले प्रदेशसभामा नै चलचित्र देखाउने योजना बनाए पनि केही कारणले सम्भव नभएको बताए । उनले प्रदेशसभामा पनि ‘नालापानी’ चलचित्र समय मिलाएर देखाउने बताए ।

    यस्ता एतिहासिक फिल्महरू अरु पनि बन्नुपर्ने उनले बताए । देशका विभिन्न पक्षसँगसम्बन्धित चलचित्र बनेको खण्डमा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

    ‘हाम्रा ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक मनोरम पक्षलाई उजागर गर्ने चलचित्र एउटा शसक्त माध्यम हो’, मुख्यमन्त्री कार्कीले थपे, ‘त्यसकारण यसलाई निरन्तर अगाडी बढाउन आग्रह गर्दछु । हामीले २०८२ लाई पर्यटन वर्ष मनाउने घोषणा पनि गरिसकेका छौँ । पर्यटन वर्षको सन्दर्भ पारेर कोशी प्रदेशको कथाबस्तुमा आधारित भएर चचित्रहरू निर्माण गर्न पनि हामीले सहयोग गर्नुपर्छ ।’

    आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ऐतिहासिक कुरालाई अभिनय मार्फत सबैसामु प्रस्तुत गरेकोमा निर्माण पक्षलाई धन्यवाद दिए । उनले सबै नेपालीले यो चलचित्र हेर्न आवश्यक रहेको उल्लेख गरे ।

    उनले भने, ‘नयाँ पुस्ताहरूलाई पनि हाम्रो वीरताको गाथासँग परिचित गराउन आवश्यक छ । कोशी प्रदेश सरकारको तर्फबाट यो चलचित्र हेरिदिनुहुनका लागि सबैलाई आग्रह गर्दछौँ ।’

    भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले चलचित्रले भावुक बनाएको उल्लेख गरे । देशभक्ति चलचित्र भएकाले चासोका साथ फिल्म हेर्न उपस्थित भएको उनले बताए ।

    ‘म धेरै चलचित्र हेर्दिन पनि, नालापानी भन्ने बित्तिकै हेर्न मन लाग्यो’, उनले भने, ‘म इतिहासको विद्यार्थी भएकाले चासोको विषय पनि थियो । चलचित्र हेरिसकेपछि इतिहासमा पढेका कुराहरूलाई चलचित्र मार्फत जस्ताको त्यस्तै उतारेको पाएँ । यो चलचित्रले हामी राजनीतिकर्मीलाई पनि केही कुरा सिकाएको छ ।’
    प्रदेश सांसद मीना श्रेष्ठले नालापानी चलचित्रले राष्ट्रियताको भोक जगाइदिएको बताइन् । उनले भनिन्, ‘यस्ता प्रकारका फिल्म सबै जनाले हेर्न आवश्यक छ । चलचित्रले थप देशप्रेम बढाइदिएको छ ।’

    पत्रकार विक्रम लुइँटेलले यो फिल्मले आम युवा पंक्तिलाई राष्ट्रियता प्रतिको भावना जागृत गर्न सन्देश दिएको बताए । उनले भने, ‘पछिल्लो पुस्तामा राष्ट्रियता प्रतिको भावना कमजोर भइरहेको बेलामा यो चलचित्रले आम युवा पंक्तीलाई राष्ट्रियता प्रतिको भावना जागृत गर्न र देश प्रतिको माया, ममता, स्नेह सिर्जना गर्नको लागि गतिलो सन्देश दिएको छ ।’

    पत्रकार मीनकुमार नवोदितले विगतमा पुस्तकमा पढेको कुरालाई चलचित्र मार्फत थप प्रष्ट हुन पाएको बताए । यस्ता चलचित्र निर्माण र प्रवद्र्धन गर्न तीनै तहको सरकारले सहयोग गर्नुपर्ने नवोदितले बताए ।

    उनले भने, ‘यस्ता चलचित्र सबैसामु पुर्याउन आवश्यक छ । विद्यालयहरूमा विद्यार्थीहरूलाई पनि यो चलचित्र देखाउन आवश्यक छ । जसले पूर्खाले गरेको त्यागको बारेमा पछिल्लो पुस्ताले पनि थाहा पाउनेछन् ।’

    चलचित्रका लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले सबैले इतिहास थाहा पाउनुपर्छ भन्ने उद्देश्यका साथ नालापानी निर्माण गरेको उल्लेख गरे । प्रदेश सरकारले यसको प्रवद्र्धनमा भूमिका खेल्नेमा आफू विश्वस्त रहेको अधिकारीले बताए ।

    चलचित्र हेर्न विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, कर्मचारी, पत्रकारलगायत उपस्थिति भएका थिए । चलचित्रमा अर्जुन जङ्ग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहाडी, गीता बिष्ट, साहिना भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.