शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अमेरिकामा टिकटक फेरि चल्न थाल्यो

  • प्रकाशित मिति : सोमवार, माघ ७, २०८१



  • काठमाडौं । टिकटक कम्पनीले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि टिकटक कम्पनीले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको हो ।

    टिकटक एपमाथि प्रतिबन्ध लाग्नु केही घण्टा अगाडिनै शनिबार रातिदेखि टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । आइतबार टिकटकले कि त अमेरिकी कम्पनीलाई बेच्नुपर्ने कि त सेवा बन्द गर्नुपर्ने कानुनको म्याद शुरु हुन लाग्दा शनिवारबाटै टिकटक बन्द भएको हो । अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो कम्पनी बाइटडान्डसको सेयर बेच्न भनेको थियो ।

    अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन आएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि टिकटक उपलब्ध थिएन । यसका साथै चिनियाँ कम्पनी बाइटडान्सको अन्य एपहरु लेमन ८ र क्यापकट पनि थिएन ।

    सोमबार शपथग्रहणको समारोह सकिएपछि ट्रम्पले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु हुन लम्ब्याउने प्रतिबद्धता जनाए र यसको केही समयपछि टिकटक कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा ल्याएको हो । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij