शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

थाइल्याण्डमा अदालतको आदेशपछि स्कूले विद्यार्थीहरूलाई आफ्नो मनपर्ने हेयरस्टाइल राख्न सक्ने

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २४, २०८१



  • काठमाडौं। थाइल्याण्डका स्कूले विद्यार्थीहरूले अब आफ्नो मनपर्ने हेयरस्टाइल राख्न सक्नेछन्। थाइल्याण्डको सर्वोच्च प्रशासनिक अदालतको आदेश पछि स्कूले विद्यार्थीहरूले आफ्नो मनपर्ने हेयरस्टाइल राख्न पाउने भएका हुन्।

    अधिकारीहरूसँग धेरै वर्षको झगडापछि अदालतले यस्तो आदेश दिएको हो। अदालतले थाइल्याण्डको शिक्षा मन्त्रालयको ५० वर्ष पुरानो निर्देशन खारेज गरिदिएको छ।

    १९७५ मा, थाइल्याण्डमा स्कूले विद्यार्थीहरूका लागि केही नियमहरू तोकिएका थिए। यस अन्तर्गत, केटाहरू र केटीहरूको लागि एक निश्चित कपालको शैली तय गरिएको थियो।

    यस नियम अनुसार, स्कूलहरूमा केटाहरूको लागि छोटो कपालको हेयरस्टाइल र केटीहरूको लागि बब कट हेयरस्टाइल राख्ने नियम थियो।

    समयसँगै, धेरै विद्यालयहरूलाई यो नियमबाट छुट दिइयो । तर, केही मानिसहरू अझै पनि यो नियमलाई दिशानिर्देशको रूपमा पालना गरिरहेका थिए। यो नियम पालना नगर्ने विद्यार्थीहरूको कपाल काटिने गरिएको थियो।

    अदालतले आफ्नो आदेशमा १९७५ को दिशानिर्देशले संविधानद्वारा संरक्षित प्रत्येक व्यक्तिको स्वतन्त्रताको उल्लङ्घन गर्दछ र आजको समाजसँग पनि मेल नखाने भनेको थाई मिडियाहरुले उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij