प्रकाशित मिति : बिहिबार, असार ३२, २०८३
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइपछि न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो। अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उक्त आदेश बिहीबार जारी भएको हो।
थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला भएको भोलिपल्टै उनी पक्राउ परेका थिए र त्यसपछि जलेश्वर कारागार पठाइएको थियो।
सर्वोच्च अदालतले गत असार १९ गते जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको निष्कर्ष निकाल्दै कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij