साँचो प्रेम जीवनभर मात्रै होइन, अन्तिम साससम्म पनि साथ रहन सक्छ भन्ने उदाहरण हुन् चार्ली रे ह्यारिस र मार्था जीन ह्यारिस।
अमेरिकाको टेक्सासका चार्ली रे ह्यारिस र मार्था जीन ह्यारिसले ६५ वर्षसम्म सुख-दुःखमा एकअर्काको साथ निभाए। सन् २०२० मा दुवै फरक–फरक स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भए। उनीहरूको गहिरो सम्बन्धलाई बुझेर अस्पतालले उनीहरूलाई एउटै कोठामा राख्ने व्यवस्था गर्यो।
अन्तिम दुई सातासम्म उनीहरू एकअर्काको हात समातेर, माया साट्दै र सँगै समय बिताउँदै रहे। शारीरिक रूपमा कमजोर भए पनि उनीहरूको प्रेम र साथ कहिल्यै कमजोर भएन।
१७ जुलाई २०२० मा ८८ वर्षीया मार्था जीन ह्यारिसले श्रीमान्को हात समाते कै अवस्थामा अन्तिम सास फेरिन्। ९१ वर्षीय चार्ली रे ह्यारिसले श्रीमतीको हात छोडेनन् र ठीक ४२ मिनेटपछि उनले पनि संसारलाई बिदाइ गरे।
उनीहरूको कथा साँचो प्रेमको यस्तो उदाहरण हो, जसले देखाउँछ केही सम्बन्धहरू समय, दूरी र मृ*त्युले पनि छुट्याउन सक्दैनन्।