मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की

  • प्रकाशित मिति : शनिबार, साउन ९, २०८३



  • काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्नसक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महानिरीक्षक कार्कीले लोकतन्त्र केवल शब्दको उच्चारणमा मात्र सीमित नभई व्यवहारमा चरितार्थ हुनुपर्नेमा जोड दिए ।

    लोकतन्त्र भनेको पटक–पटक सोही शब्द दोहोर्‍याउनु मात्र नभएको बरु नागरिकहरूले आफ्ना कर्म र पेशामा गौरव महसुस गर्न पाउनु भएको उनको भनाइ छ । पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर–सबैले आ–आफ्नो काममा आत्मसम्मान पाउनुपर्ने र समाजले उनीहरूको योगदानको कदर गर्नुपर्ने बताए ।

    पेशा वा व्यवसायको आधारमा कोही सानो वा ठुलो नहुने उल्लेख गर्दै उनले लोकतन्त्रमा सबै प्रकारका कर्मलाई धर्म ठानेर सम्मान गरिनुपर्ने बताए । समाजमा व्याप्त विभेदकारी प्रवृत्तिको आलोचना गरे । मानिसको ओहदा हेरेर फरक–फरक व्यवहार गर्ने, कसैलाई सम्मान दिने र कसैलाई तिरस्कार गर्ने प्रवृत्ति कतै पनि स्वीकार्य हुन नसक्ने जिकिर गरे ।

    ‘लोकतन्त्र हुनुको अर्थ लोकतन्त्र हो, लोकतन्त्र हो भनेर सय पटक लोकतन्त्र भनेकै कारण लोकतन्त्र भएको हुँदैन । लोकतन्त्र भएको अवस्था त त्यो हो, जहाँ नागरिकहरू आफ्ना कर्म, पेशा र व्यवसायमा गर्व गर्न सकुन्,’ उनले भने, जहाँ कुनैपनि पेशा वा व्यवसायका आधारमा कोही सानो वा ठूलो मानिँदैन, त्यहीँ लोकतन्त्र हुन्छ । लोकतन्त्रमा सबै कर्मलाई धर्म ठानी, कर्मलाई पूजा गर्ने सबै व्यक्तिलाई सम्मान गरिन्छ । हामीले विभिन्न ठाउँमा देख्ने–कसैलाई छुट्टै ठाउँमा बसाल्ने, कसैलाई भुइँमा बसाल्ने, कसैलाई कुर्सीमा बसाल्ने, कसैलाई सोफामा बसाल्ने, कसैलाई पानी खुवाउने, कसैलाई पानीसमेत नखुवाउने वा लखेट्ने–यस्ता प्रवृत्ति न घरमा ग्राह्य छन्, न समाजमा, न प्रहरी कार्यालयमा, न कुनै सरकारी कार्यालयमा ।’

    महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा सेवा लिन आउने नागरिकलाई समान व्यवहार गरिनुपर्ने र कुनैपनि आधारमा विभेद हुन नहुने कुरामा जोड दिए । उनले नवनिर्मित भवनहरूले सेवाग्राहीको सहजता र प्रहरी कर्मचारीहरूको कार्यसम्पादनमा थप ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij