मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

कांग्रेसको प्रश्न – नागरिकको ज्यान जाँदा प्रधानमन्त्री किन मौन ?

  • प्रकाशित मिति : बिहिबार, साउन १४, २०८३



  • काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग जवाफ माग गरेकी छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले घटनाप्रति दुःख व्यक्त गर्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्। उनले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन्।

    तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले विगतमा प्रधानमन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गरेको टिप्पणी स्मरण गराउँदै थापाले अहिले आफ्नै नागरिकको ज्यान जाँदा सरकारले देखाएको मौनताले राज्यप्रतिको जनविश्वास कमजोर बनाएको आरोप लगाइन्।

    नेतृत्व भनेको प्रशासन सञ्चालन मात्र नभई संकटका बेला नागरिकको मनोबल सम्हाल्ने जिम्मेवारी पनि भएको उनले बताइन्।

    थापाले साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि प्रयास संविधान र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुने उल्लेख गर्दै नेपाली समाजको बल नै सद्भाव, सहअस्तित्व र भाइचारामा रहेको बताइन्।

    उनले उक्साहट र घृणाको राजनीतिबाट प्रभावित नहुन सबैलाई आग्रह गरिन्।

    प्रधानमन्त्री र गृहमन्त्रीको संवेदनशीलतामाथि प्रश्न उठाउँदै थापाले भनिन्, “हिजो आक्रोश पोख्ने र सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै नागरिकको मृत्यु हुँदा किन मौन हुनुहुन्छ ? के पद र शक्तिले पीडाको वर्गीकरण गर्छ ? नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ।”

    थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.