मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

सरकारले प्रभावकारी काम गर्न नसके मार्गप्रशस्त गर्नुपर्छ: श्रम संस्कृति

  • प्रकाशित मिति : बिहिबार, साउन १४, २०८३



  • काठमाडौँ। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले देशको पछिल्लो सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकारले प्रभावकारी रूपमा काम गर्न नसके मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै राईले सरकार नागरिकको सुरक्षा र संसद्को गरिमाप्रति बेखबर बनेको आरोप लगाए।

    उनले प्रधानमन्त्रीले दुई महिनाअघि संसद्को रोस्ट्रमबाट दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति अझै सच्याउन वा संसद्को अभिलेखबाट हटाउन पहल नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

    देशका विभिन्न स्थानमा हिंसा, हत्या र असुरक्षाका घटना बढ्दै गएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको टिप्पणी गरे।

    सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न मेचीदेखि महाकालीसम्मका नागरिक र सबै संघसंस्थालाई संयमित हुन उनले आग्रह गरे।

    राईले उत्तेजना फैलाउने भिडियो वा सामग्री सामाजिक सञ्जालमा सार्वजनिक नगर्न सञ्चारमाध्यम र आम नागरिकलाई अपिल गर्दै सरकारले आफ्ना धारणा फेसबुकमार्फत होइन, आधिकारिक संयन्त्रबाट सार्वजनिक गर्नुपर्ने बताए।

    उनले भने, “दिउँसै गोली चल्ने र असुरक्षा बढ्नेक्रम जारी छ, तर सरकार अन्धकारमा बसेर सबै ठिक छ भन्दै बसेको छ। सरकार अब भित्र लुकेर होइन, बाहिर निस्केर जनतालाई सुरक्षाको अनुभूति गराउनुपर्छ। बल प्रयोगले मात्र परिणाम दिँदैन। यदि सरकारले देश चलाउन नसक्ने अवस्था हो भने सक्दिन भनेर हात उठाए हुन्छ, तर देशलाई अभिभावकविहीन र जनतालाई टुहुरो बनाउन पाइँदैन।”

    राईले सदनमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति पनि प्रश्न उठाउँदै बल प्रयोगबाट समस्याको समाधान नहुने बताए।

    उनले विगतका जनआन्दोलन र शहीदहरूको बलिदान स्मरण गराउँदै वर्तमान परिस्थितिमा सरकारले जिम्मेवार ढंगले काम गर्न नसके मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.