मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

कलश सहकारीद्वारा सदस्यहरूसँग अन्तरक्रिया तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०८३



  • दाङ। दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूको सहकारी शिक्षा, वित्तीय सचेतना तथा संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले शनिबार सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    शिक्षा उपसमितिका संयोजक केशव रिजालको अध्यक्षता तथा संस्थाका अध्यक्ष माधव खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारीका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले सहकारी आन्दोलनको इतिहास, नेपालमा सहकारी क्षेत्रले पुर्‍याएको योगदान, सहकारीका मूल्य–मान्यता, सिद्धान्त तथा सदस्यहरूले प्राप्त गर्ने फाइदाका विषयमा जानकारी गराउनुभएको थियो। उहाँले सहकारी केवल वित्तीय कारोबार गर्ने संस्था मात्र नभई सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको आधार भएको बताउनुभयो।

    त्यसैगरी संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले कलश सहकारीको स्थापना, संस्थाको वर्तमान अवस्था, बचत तथा ऋण सेवा, ब्याजदर, शेयर सदस्य बन्न तथा ऋण सुविधा प्राप्त गर्न आवश्यक कागजात र प्रक्रियाबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले सहकारीलाई थप प्रभावकारी, पारदर्शी र सदस्यमैत्री बनाउन संस्था निरन्तर लागिपरेको उल्लेख गर्नुभयो।

    सहकारी पसल परियोजनाका प्रमुख कमल थपलियाले सहकारी बजार पसलको उद्देश्य तथा सदस्यहरूले पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा प्राप्त गर्ने छुट, सहजता र आर्थिक लाभबारे जानकारी गराउनुभएको थियो। उहाँले सहकारीमार्फत उपभोग्य वस्तुको खरिदलाई प्रोत्साहन गर्दै सदस्यहरूको खर्च व्यवस्थापनमा सहयोग पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष माधव खनालले सहकारीको दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता, नियमित कारोबार र सहकारीप्रतिको विश्वास आवश्यक रहेको बताउनुभयो। उहाँले सहकारी शिक्षा कार्यक्रमले सदस्यहरूलाई संस्थाका सेवा, सुविधा तथा जिम्मेवारीबारे थप जानकारी दिने विश्वास व्यक्त गर्दै सदस्यकेन्द्रित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।

    कार्यक्रममा सहभागी सदस्यहरूले संस्थाका सेवा, सुविधा, ऋण प्रक्रिया तथा सहकारी पसलसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। अन्तरक्रिया कार्यक्रमले सदस्यहरूमा सहकारी शिक्षा, वित्तीय साक्षरता तथा संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको संस्थाले जनाएको छ। शिक्षा उपसमितिका सदस्य खिमराज खनालकाे स्वागत मन्तव्यवाट सुरू भएको  कार्यक्रमको सञ्चालन सदस्य श्रीधर पन्तले गर्नुभएको थियो।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.