प्रकाशित मिति : आइतवार, साउन १७, २०८३
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालका अनुसार गत साउन १४ गते बिहीबार साँझ ५ देखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो ।
उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदङ्गा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए ।
सिराहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठ बुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।
आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij