मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

चार वटा संसदीय समितिको बैठक बस्दै

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०८३



  • काठमाडौं । चार वटा संसदीय समितिको बैठक आज बस्दै छ ।

    सोमबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २0८१’ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

    आज बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका विषयमा छलफल हुनेछ ।

    अर्थ समितिको बैठक अपराह्न १ बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २0५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल हुनेछ ।

    यस्तै, आज अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा भने समितिमा परेका उजुरीमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij