प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०८३
काठमाडौं । प्रहरीको कमजोरीका कारण बारा जिल्लामा आपराधिक घटना बढेका छन्। प्रहरीकै लापरबाहीले तीन वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयहरु हाल आन्दोलित छन्।
प्रहरीले स्थानीयलाई फकाउन इलाका प्रहरी कार्यालय सीमराका DSP दिलिप क्षेत्री र इन्सपेक्टर गोपिकृष्ण थापालाई सरुवा गरेको छ। तर, स्थानीयको आन्दोलन जारी छ।
जिल्लाका SP कै कमजोर कमाण्डका कारण बारामा समस्या बढेको रास्वपाका सांसदहरूले समेत आरोप लगाउँदै आएका छन्। बारामा SP नरेन्द्र कुँवर हुन्, जो पटक–पटक विवादमा तानिदै आएका छन्।
घुमुवामार्फत तस्करीको लाइन खुलाएको पुष्टि भएपछि मधेस प्रदेशका तत्कालीन DIGP गोविन्द थपलियाले उनलाई कारबाही गरेका थिए। त्यसपछि पनि उनीविरुद्ध उजुरी कम भएनन्।
गत महिना प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टरमै झिकाएर छानबिन गरेको थियो। तर, बिचौलियामार्फत हेडक्वार्टरलाई प्रभावमा पारेर SP कुँवर जिल्लामा फर्कन सफल भएका थिए।
खराब प्रहरीलाई हेडक्वार्टरकै संरक्षणका कारण बारा अशान्त बनिरहेको छ भने सरकारप्रति नै स्थानीयको आक्रोश बढेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij