मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य

  • प्रकाशित मिति : आइतवार, भदौ ७, २०८३



  • काठमाडौँ । एसियाली खेलकुदमा ९ पल्टसम्मको सहभागितामा नेपालको उसु खेलले अहिलेसम्म यादगार बनाउन सकिरहेको छैन । सन् १९५४ को पहिलो एसियाली खेलदकुदबाट नै नेपालले सहभागिता जनाउन थाले पनि नेपालका उसु खेलाडीले सन् १९९० को ११ औँ संस्करणदेखि मात्र प्रतिस्पर्धा गर्ने अवसर पाए । त्यसयता, एसियाली खेलकुदको ३६ वर्षको यात्रामा नेपाली खेलाडीले अहिलेसम्म पदक दिलाउन सकेका छैनन् । यसपल्ट जापानको नागोया/आइची शहरमा एसियाली खेलकुदको २० औँ संस्करण आयोजना हुँदैछ । जसमा नेपालको २२ वटा खेलमध्ये उसु खेल पनि समावेश छ । आगामी सेप्टेम्बर १९ देखि हुने एशियाली खेलकुदमा नेपालले थाउलो र सान्सौं विधामा प्रतिस्पर्धा गर्दै छन् ।

    कुल ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । च्यातिएका र भिजेका म्याटमा एसियन गेम्सको तयारी गरिरहेको खेलाडीहरू पदक जित्ने विश्वासमा छन् । थाउलो खेलाडीको म्याट च्यातिएका छन् भने खेल्ने स्थानमा पानी जम्ने गरेको छ । नेपाल उसु महासंघका पदाधिकारी र खेलाडी पानी फ्याँक्दै प्रशिक्षण शुरु गर्ने गर्छन् । १९ औँ एसियन गेम्समा थाङछ्वान विधामा विजयी सिन्जाली सातौँ र सुस्मिता तामाङ आठौँ भएका थिए । यो प्रदर्शन नै एसियाली खेलकुदमा नेपालका उसु खेलाडीले दिलाएको सबैभन्दा ठूलो हो । यद्यपि, यसपल्ट लामो समयदेखि मिसन २०२६ को नामबाट तयारी र वैदेशिक प्रशिक्षणबाट खेलाडी र प्रशिक्षक पदक जित्नेमा आशावादी छन् ।

    नेपाली उसुका मुख्य प्रशिक्षक गणेश अर्यालले करिव १८ महिनादेखि खेलाडीले तयारी गरिरहेको बताउँछन् । यद्यपि डाइटसहित क्याम्पमा राखेको धेरै समय नभएको उनले उल्लेख गरे । थाउलो विधाले एक महिना चीनमा प्रशिक्षण गरेर आएपछि धेरै पक्षमा सुधार आएको उनको विश्वास छ ।

    उसुमा आठ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उसुमा थाउलु र सान्सौं गरेर मुख्यतय दुई विधा हुन्छन् । सान्सौं (फाइट) विधातर्फ  पुरुष ५६ केजीमा रोहित चुनारा, ६० केजीमा मुकेश पण्डित, ६५ केजीमा अमर सुनार र ७५ केजीमा सञ्जीव महर्जनले चुनौती प्रस्तुत गर्दै छन् । महिला ६० केजी तौलसमूहमा रिता ठकुल्ला छिन् । सान्सौं टोलीका प्रशिक्षकमा तुलसीनन्द बज्राचार्य छन् । सान्सौका प्रशिक्षक बज्राचार्यले प्राप्त सेवा सुविधाअनुसार खेलाडीले पनि मेहनत गरिरहेको बताए । स्पाइरिङ र टेक्निकल रूपमा खेलाडीले तयारी गरिरहेको उनी बताउँछन् । तर फाइटमा पूर्ण रूपमा भिडेर प्रशिक्षण गराउन नपाएको उनको भनाइ छ । फिल्डमा चिकित्सक र फिजियोथेरापिस्ट नहुँदा सजक भएर खेल्नुपरेको प्रशिक्षक बज्राचार्य बताउँछन् । राष्ट्रिय खेलकुद परिषद्बाट आवश्यक सेवा सुविधा पाउन नसकेको उनको भनाइ छ । तर पनि सीमित सुविधा पाए पनि खेलाडीले उत्कृष्ट दिएको उनको विश्वास छ ।

     

    महिला ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेकी रिता ठकुल्ला पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छिन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नै पदक जित्ने उनको विश्वास छ । यद्यपि, एशियाली खेलकुद जस्तो प्रतिस्पर्धामा तयारी गर्दा पर्याप्त र आवश्यक म्याट उपलब्ध हुन नसक्दा उनको दुखेसो छ । कोही खेललाई विदेशमा प्रशिक्षण अवसर पाइरहेको अवस्थामा सान्सौले प्रशिक्षण गर्ने स्थान पनि राम्रो नपाएको रिता बताउँछिन् । उसुकै म्याट बिना नै आफूहरूले तयारी गरिरहेको उनको भनाइ छ । प्रशिक्षण गरिरहेको हल र म्याटले गर्दा सबै खेलाडीको मनोविज्ञानमा पनि असर परिरहेको सान्सौं विधाकी खेलाडी रिता ठकुल्ला बताउँछिन् । तर यसका बाबजुद सबै खेलाडीले सतप्रतिशत दिएर खेलेका छन् ।

    यद्यपि, नेपाल उसु महासंघका महासचिव नवराज ढुंगानाले तीन वर्षदेखि उसुको म्याटका लागि पहल गरिरहेको दाबी गरे । मिसन २०२६ को प्रशिक्षण शुरु भएयता नै उसुको म्याटका लागि सरकारसँग माग गरेको उनी बताउँछन् । थोरै मूल्यको सामान महासंघले किने पनि लाखौँ पर्ने सामानका लागि सरकारको सहयोग बिना सम्भव नहुने महासंघका महासचिव ढुङ्गानाले उल्लेख गरे । राज्यले त्यसबारे सुनिरहे पनि नतिजा आउन नसकेको उनले बताए ।

    महासंघले आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुन नदिएको उसु महासंघको दाबी छ । अहिले प्राप्त सेवा सुविधाबाट खेलाडीले उत्कृष्ट तयारी गरिरहेका छन् । महासचिव ढुङ्गानाले महासंघकै पहलमा एक महिनासम्म खेलाडीलाई चीनमा प्रशिक्षण गराएको बताए । थप वैदेशिक प्रशिक्षण र अन्य सेवा सुविधाका लागि पहल गरेको महासचिव ढुङ्गानाले दाबी गरे । तर अझै खेलाडीले दिनुपर्ने सुविधामा चुकेको उनले स्वीकार गरे ।

    नेपाली उसुका सबैभन्दा ठूलो सफलता प्राप्त गर्ने खेलाडी विजय सिन्जाली हुन् । उनले जापानमा भएको सन् तेस्रो थाउलो विश्वकपमा कांस्य पदक पाएका थिए । सोही पदक प्राप्त गरेपछि विजयले नेपाल सरकारबाट ६५ लाख पुरस्कार पनि पाए । एकै पटक यति धेरै पुरस्कार पाउने उनी पहिलो नेपाली खेलाडी हुन् । पछिल्लो एशियन गेम्स पनि खेलका विजयबाट यसपल्टको एशियन गेम्समा आशा गरिएका खेलाडी हुन् । चीनमा भएको विशेष प्रशिक्षणबाट राम्रो प्रदर्शन गर्न सक्ने उनको पनि विश्वास छ । तर आफ्नो टोलीले च्यातिएको र पानीले भिजेको म्याटमा प्रशिक्षण गर्नुपरेको उनको गुनासो छ । म्यानेजर बिना नै आफ्नो टोली रहेको उनले उल्लेख गरे । तर, आफूहरूले राम्रो वातावरण राम्रो नपाए पनि जतिसक्दो उत्कृष्ट दिने लक्ष्य रहेको विजय बताउँछन् ।

    थाउलुको प्रशिक्षकमा प्रकाश महर्जन हुन् । थाउलुका प्रशिक्षक महर्जनले लामो समयदेखि तयारी र वैदेशिक प्रशिक्षणले खेलाडीमा धेरै सुधार आएको आशा व्यक्त गरेका छन् । यद्यपि, पछिल्लो १८ महिनामा बिच बिचमा खेलाडीको प्रशिक्षणमा अवरोध भएको उनले उल्लेख गरे । विगतभन्दा यसपल्ट खेलाडीहरूमा धेरै पक्षमा राम्रो प्रदर्शन आएको उनी बताउँछन् । तर प्रशिक्षणका लागि राम्रो र आवश्यक म्याट पाउन नसकेको उनले पनि गुनासो गरे । खेलाडीले खराब माहोलमा प्रशिक्षण गर्नुपरे पनि पदक जित्ने आत्मबलका साथ तयारी गरिरहेको प्रशिक्षक महर्जनको विश्वास छ । खेलाडी पनि धेरै मिहेनत गरेको उनी बताउँछन् ।

    थाउलु विधातर्फ छाङक्वानमा विजय र सुष्मिताले खेल्नेछन् । थायची छ्वान/थायची चेन सु अलराउन्डमा हरिप्रसाद गोले र सविता राई तथा नानछ्वान/नान कुन सु अलराउन्डमा दीपक हमालले प्रतिस्पर्धा गर्ने तयारी छ । कुनसु/ताओसुमा राजीव तामाङले खेल्दै छन् । दीपक र विजय १३औँ दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् । लामो समयदेखि राष्ट्रिय टोलीमा रहेका यी दुईसँगै अन्य खेलाडी पनि खराब प्रशिक्षण स्थलमा तयारी गरे पनि उत्कृष्ट नतिजा दिने विश्वासमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.