मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

सत्ता केन्द्रित राजनीतिले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्योः पुष्पकमल दाहाल

  • प्रकाशित मिति : आइतवार, भदौ ७, २०८३



  • काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र सङ्घर्षमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

    राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको हो । उहाँले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुन नहुने र यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    दाहालले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित भएर गरिने सङ्घर्षले मात्रै वास्तविक रूपान्तरण सम्भव हुने उल्लेख गर्नुभयो । विगतमा माओवादी आन्दोलनमा सहभागी शक्तिहरूबीचको ऐतिहासिक सम्बन्ध र बलिदानको स्मरण गर्दै उहाँले अन्य वामपन्थी दलहरू, खासगरी नेकपा (एमाले) सँगको सहकार्य र एकताको अनुभवबाट शिक्षा लिनुपर्नेमा जोड दिनुभयो । विगतका कमीकमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न उहाँले सबै राजनीतिक

    दलका प्रतिनिधिहरूलाई आह्वान गर्नुभयो ।संयोजक दाहालले भन्नुभयो, ‘मलाई लाग्छ, आजको कार्यक्रममार्फत यहाँ उपस्थित सबै पार्टीका प्रतिनिधि साथीहरूले सहकार्यको यात्रामा सहभागी हुने सङ्कल्प गर्नुहुनेछ । यो सहकार्यको उद्देश्य सरकारमा जानु मात्र होइन, आन्दोलनलाई बलियो बनाउनु पनि हो । सरकारमा जाने र छोड्ने कुरामा मात्र केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा पुगेको छ ।

    त्यसैले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको आन्दोलन तथा वर्गसङ्घर्षमा सहकार्य गर्दै रूपान्तरणको आधार तयार गर्नुपर्छ । हामीले विगतमा एउटै मोर्चामा लडेको अनुभव छ । नेकपा (एमाले) लगायत अन्य पार्टीसँगको विगतको सहकार्य र एकताबाट शिक्षा लिँदै विगतका कमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न आवश्यक छ । त्यसका लागि म यहाँहरू सबैसँग विशेष अपिल गर्न चाहन्छु ।’ दाहालले सबै वामपन्थी शक्तिहरूलाई सहकार्यको यस नयाँ यात्रामा सहभागी हुन र कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिन विशेष अपिल समेत गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.