मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

संगठनको नीति निर्देशनलाई शिरोपर गरी प्राप्त जिम्मेवारीलाई अक्षरस पालना गर्न IGP  पौडेलको निर्देशन

  • प्रकाशित मिति : सोमवार, भदौ ८, २०८३



  • बिनिता शर्मा,काठमाडौ । संगठनको नीति निर्देशनलाई शिरोपर गरी प्राप्त जिम्मेवारीलाई अक्षरस पालना गर्न IGP नारायण दत्त पौडेलको निर्देशन दिनुभएको छ ।

    सशस्त्र प्रहरीका IGP पौडेलले संगठनको नीति र निर्देशनलाई शिरोपर गरी प्राप्त जिम्मेवारीलाई अक्षरस पालना गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

    साउन ७ गते सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको ९औँ वार्षिकोत्सवको अवसरमा IGP पौडेलले हाम्रा व्यक्तिगत स्वार्थ र चाहनाहरु कहिल्यै पनि राष्ट्रको आवश्यकता भन्दा माथि नहुने उल्लेख गर्नुहुँदै हामी सबैमा देश र देशवासीप्रतिको सेवा र समर्पण भाव सदैव अन्तर्निहित र अक्षुण्ण हुन जरुरी रहेको बताउनुभयो ।

    उहाँले सीमा सुरक्षा देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएकोले सीमानामा हुने गैरकानूनी क्रियाकलापले समग्र राज्यको अर्थतन्त्र र शान्ति सुरक्षामा नै प्रत्यक्ष असर पार्ने उल्लेख गर्नुहँुदै सशस्त्र प्रहरी बल नेपालको मुख्य जिम्मेवारी सीमा सुरक्षा भएकाले सीमा सुरक्षासँग सम्बन्धित हरेक विषयमा संस्थागत रूपमा जिम्मेवार, जवाफदेही र संवेदनशील भई कार्यसम्पादन गर्न सीमा सुरक्षार्थ खटिने सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

    उहाँले सीमाक्षेत्रमा हुने अवैध गतिविधिहरूको सूक्ष्म निगरानी, सूचना सङ्कलन तथा विश्लेषण, अन्तरनिकाय समन्वयमा विशेष जोड दिनुपर्ने बताउनुहुदैँ पछिल्लो समयमा लागूऔषधको अवैध ओसारपसार तथा प्रयोग गम्भीर सामाजिक समस्याको रूपमा बढ्दै गएको हुँदा सीमाक्षेत्रबाट हुने लागूऔषध ओसारपसार नियन्त्रणलाई विशेष प्राथमिकतामा राखी कार्य गर्न समेत निर्देशन दिनुभयो ।

    यसैगरी, विपद् व्यवस्थापनको क्षेत्रमा बाहिनी तथा मातहत कार्यालयहरुले समेत उत्कृष्टताका साथ कार्यसम्पादन गर्दै आईरहेकोे चर्चा गर्नुहुँदै विपद्को समयमा आदेशको प्रतीक्षा गरेर बस्ने होइन, आफ्नो जिम्मेवारी र परिस्थितिको गाम्भिर्यता बुझी तत्काल परिचालित हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निर्देशन दिनुभयो ।

    वार्षिकोत्सवको अवसरमा संचालन गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिम, वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पु¥याउने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई समेत कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    सोही IGP पौडेलले सो वाहिनी तथा वाहिनी मातहत कार्यालय प्रमुखहरुलाई विपद्को समयमा तत्काल परिचालन हुनसक्ने गरी आवश्यक उद्धार सामाग्रीसहित तयारी हालत रहन, सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न तथा त्यस्ता कार्यमा कुनैपनि सशस्त्र प्रहरी कर्मचारीहरु संलग्न नरहन, पछिल्लो समय देशका विभिन्न स्थानहरुमा भएका जातीय, धार्मिक तथा साम्प्रादायिक किसिमका विवादका विषयहरुले सुरक्षामा थप चुनौती थपिएको हुँदा चनाखो भई कार्य गर्नुपर्ने लगायतका विषयहरुमा निर्देशन दिनुभएको थियो ।

    सहिदका परिवारसँग IGP नारायण दत्त पौडेलको भेट

    IGP नारायण दत्त पौडेलले सशस्त्र प्रहरी सहायक निरीक्षक स्व. ईश्वर बहादुर थापाको परिवारसँग भेटघाट गर्नुभएको छ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको ९औँ वार्षिकोत्सव तथा वाहिनी मातहत कार्यालयहरुको अवलोकन भ्रमणका क्रममा उहाँले सशस्त्र प्रहरी सहायक निरीक्षक स्व. ईश्वर बहादुर थापाको परिवारसँग भेटघाट गर्नुभएको हो ।

    भेटघाटका क्रममा IGP पौडेलले राष्ट्र र संगठनको हक हितका लागि आफ्नो ज्यानको आहुती दिने सहिदप्रति उच्च सम्मान गर्नुहुँदै उनीहरुको परिवारजनमा परेको समस्याको समाधानको लागि संगठन सधै सकारात्मक रहने बताउनुभयो ।

    उहाँले सहिदको रगत र पसिनाले गर्दा संंगठन आज यहाँसम्म आईपुगेको उल्लेख गर्नुहुँदै सहिदका घर तथा परिवारमा पर्ने पीर, मर्का तथा समस्या समाधानको लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको युनिटहरुमा सम्पर्क गर्नुहुन समेत सुझाव दिनुभएको छ ।

    कर्तव्य पालनाको सिलसिलामा सशस्त्र प्रहरी सहायक निरीक्षक स्व.ईश्वर बहादुर थापाको तत्कालीन माओवादी विद्रोहीहरुको भिडन्तमा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा २०६२ साल पुस २२ गते वीरगती प्राप्त भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.