मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

भोटेकोशी बाढी: सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

  • प्रकाशित मिति : शनिबार, भदौ १३, २०८३



  • काठमाडौँ । सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार गर्न ८१ सुरक्षाकर्मी परिचालन भएका छन् ।

     त्रिशूली थ्रि ए टनेल इलाकामा नेपाली सेनाका ६२ सहित सशस्त्र र नेपाल प्रहरी गरी ८२ जनाको टोली उद्धारमा खटिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाको कमाण्डमा शुक्रबारदेखि नै सो इलाकामा उद्धार भइरहेको छ । शुक्रबार टनेलबाट १९१ जनाको सकुशल उद्धार गरिएको थियो । आज बिहान ८ बजेसम्म बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी दुई हजार २६५ जनालाई सेनाका हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । उनीहरूलाई रसुवाको टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरूबाट उद्धार गरिएको हो ।

    प्रभावित जिल्लामा सेनाको करिब छ हजार ७ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण भइरहेको निर्देशनालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij