प्रकाशित मिति : आइतवार, भदौ १४, २०८३
काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा-नारायणगढ सडकखण्डमा सवारी साधन ञ्चालनमा भएका छन् ।
आइतबार बिहान भोटेकोशी नदीको बहाव बढेको सूचना प्राप्त भएपछि नागढुंगा-मुग्लिन तथा नारायणगढ-मुग्लिन सडकखण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । नदीमा पानीको बहाव जोखिमपूर्ण नरहेको सूचना प्राप्त भएपछि सवारी सञ्चालनमा आएको गजुरी प्रहरीले जनाएको छ। गाडी चल्न थाले पनि बाढी तथा पहिरोको जोखिम अझै कायमै रहेकाले शतर्क रहेर यात्रा गर्न प्रशासनले आग्रह गरेको हाे।
यात्राका क्रममा जोखिमयुक्त ठाउँमा नबस्न, सम्बन्धित निकाय तथा सुरक्षाकर्मीले दिएका निर्देशनको पूर्ण पालना गर्न र बाढी सम्बन्धी सूचनाकाे बारेमा नियमित जानकारी लिन समेत प्रशासनले अनुराेध गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij