मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

रसुवा बाढीमा परी २ सय बढी विद्यार्थी बेपत्ता, २० जना बगेको पुष्टि,१९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०८३



  • काठमाडौं । शिक्षा मन्त्रालयले नेपाल-चीन सीमा क्षेत्रमा  गत बुधबारआएको बाढी र पहिरोका कारण अति प्रभावित  ३ जिल्लामा करिब १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका जनाएको छ।

    बीबीसी नेपाली र बीबीसी दक्षिण एसिया भिजुअल जर्नलिज्मले विशेषगरी रसुवा र नुवाकोटका शैक्षिक संस्थाहरूमा व्यापक रूपमा क्षति पुगेको जनाएका हुन् । बाढी-पहिरोमा परी २ सय जना भन्दा बढी विद्यार्थी बेपत्ता छन् । करिब २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ। विभिन्न विद्यालयका शिक्षक समेत सम्पर्कविहीन छन् ।

    करिब ९ वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका हुन् । सातवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । रसुवा र नुवाकोटका क्षतिग्रस्त विद्यालयहरूमा कूल २ हजार ४ सय २५ जना विद्यार्थी अध्ययनरत थिए । जसमध्ये अधिकांश विद्यालय लेदोले पुरिएका वा बाढीले बगाएका छन् ।

    एउटा विद्यालयले आफ्ना विद्यार्थी सवार बस नै बाढीले बगाएको जानकारी मन्त्रालयलाई गराएको हाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij