प्रकाशित मिति : सोमवार, भदौ १५, २०८३
बिनिता शर्मा,काठमाडौ । प्रहरीले उदयपुरमा १ हजार १ सय २२ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ।
उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर ६ बाँकेटारमा शान्तिबनको बनबाट १ हजार १ सय २२ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरिएको हो।

सोमबार बिहान ४ बजे उक्त बनमा गाँजा ओसारपसार भैरहेको छ, भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बन भित्रबाट खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी र गाडी नजिकै लुकाएर राखेको ५२ बोरा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख SP राजन चापागाईंले जानकारी दिनुभयो ।
गाँजा सहित पक्राउ पर्नेहरूमा उदयपुर जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर १ डाँडागाउँ बस्ने बर्ष ५५ को राम बहादुर मगर, २१ बर्षीय नेक बहादुर मगर र ४६ बर्षीय पृथ्वीराज मगर रहेका छन । उनीहरुलाई गाडी र गाँजा सहित पक्राउ गरि अनुसन्धान भै रहेकोे,जिल्ला प्रहरी प्रमुख SP चापागाईंले जानकारी दिनुभयो ।

`
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij