सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

‘मुम्बई हमला’ का योजनाकार भनिएका हाफिज सईद गिरफ्तार

  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६



  • इस्लामावाद, साउन १ । भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मुख्य योजनाकार भनिएका हाफिज सईदलाई पाकिस्तान प्रहरीले गिरफ्तार गरेको छ ।

    उनी पाकिस्तानको पञ्जाव राज्यस्थित आतंकवाद निरोधी विभागको एउटा मुद्दामा गिरफ्तारीबाट बच्नका लागि जमानत लिन गइरहेको समयमा पक्राउ परेका हुन् ।

    पक्राउलगत्तै उनलाई लाहोरस्थित कोट लखपत जेलमा पठाइएको अधिकारीहरुले जनाएका छन् ।

    भारतले उनी मुम्बई हमलाका मुख्य योजनाकार रहेको दावी गर्दै आएको छ । पाकिस्तानले भने उनलाई आतंकवादका लागि आर्थिक स्रोत जुटाइरहेको आरोपमा गिरफ्तार गरेको हो ।

    पञ्जावका राज्यपाल शाहबाज गिलका प्रवक्ताले भने, ‘प्रतिबन्धित संस्थाहरुका लागि चन्दा संकलन गरिरहेको आरोप उनीमाथि लागेको थियो ।’ (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij