सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मजुवा गाउँको जमिनमा धाँजा फाट्न थाल्यो, पहिरोको उच्च जोखिम

  • प्रकाशित मिति : बुधबार, साउन १५, २०७६



  • धनकुटा । पहिरोको उच्च जोखिमका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ को मजुवा गाउँ त्रसित बनेको छ ।

    पहिरोले जमिन चिराचिरा पर्न थालेपछि स्थानीय ढुक्कसँग निदाउन पनि छाडेका छन् ।

    जमिन धाँजा फाटिसके पनि धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित मजुवाका स्थानीय जोखिम मोलेर बस्न बाध्य छन् ।

    गाउँका २७ घरपरिवारमध्ये १३ परिवारको घर पहिरोको उच्च जोखिममा छ ।

    घरमुनिबाट पहिरोले विस्तारै माथिल्लो भूभाग तानिरहेको छ । केही परिवारले घर छाडिसकेका छन् भने कोही जोखिम मोलेरै बसिरहेका छन् ।

    यस क्षेत्रमा पहिले सानातिना पहिरा खस्ने गरेको भए पनि विगत ३ वर्षयता भने ठूलो पहिरो खस्न थालेको हो ।

    पहिरोले कतिपय घरबारविहीन भएका छन् भने कोही जोखिमका कारण घर छाडेका छन् ।

    पहिरोको जोखिम बढेपछि २ वर्षअघि माथिल्लो भेगतर्फ बसाइ सरेका अमतृवहादुर घागाको घरैनजिक अहिले फेरि पहिरो आइसकेको छ ।

    खोलाको पहिरोबाट जग्गाजमिन जोगाउन नसकेपछि घरबाट टिन तथा काठपात निकालेर घर छाडेका छन् ।

    घरसहित करिब नौ रोपनि जग्गा पहिरोले तान्न थालेपछि घरबारविहीन बनेको उनको गुनासो छ ।

    सोही गाउँका ज्ञानवहादुर घागा मगरले घर छाडेको १५ दिनभन्दा बढी भइसक्यो । अहिले उनी छोरीज्वाईको घरमा वस्दै आइरहेका छन् ।

    घर बरीपरिको जमिन धाँजा फाटिसके पनि अर्का स्थानीय सरोज मगर भने जोखिम मोलेर घरमै बसिरहेको बताउँछन् ।

    यता राहत सहयोग र उद्धारको लागि जिल्ला प्रशासन कार्यालय, रेडक्रस, नेपाली सेना, गाँउपालिका तथा आफुहरु जुटिरहेको बडाध्यक्ष दिपक मगरको भनाइ छ ।

    पहिरोकै कारण भेडेटार–रवि राँके सडक समेत उच्च जोखिममा परेको छ ।

    मझुवासहित मुक्तेन गाउँ पुग्ने कच्ची सडक समेत चर्किएर चिरा चिरा परेकाले गाउँसँग सडक सम्पर्क टुटेको छ ।

    जसका कारण स्थानीय जोखिम मोलेरै पहिरोमाथिबाट आवतजावत गर्न बाध्य छन् ।

    यस्ता उच्च जोखिमका क्षेत्रमा सम्बन्धित संयन्त्रले सशक्त किसिमले पहल गर्न आवश्यक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij