सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मनसुन न्यून चापिय रेखा उत्तरतर्फ सर्दै, तीन दिन चट्यांगसहित वर्षा हुने अनुमान

  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६



  • काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले हाल देशको पहाडी भू–भागमा सामान्य बदलीको जनाएको छ । साँझ साढे ६ बजे शाखाले जारी गरेको सूचनाअनुसार ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ भने पश्चिम तराईका क्षेत्रमा पनि मेघ गर्जन सहित क्षणिक बर्षा हुने अनुमान गरिएको छ ।

    यति बेला मनसुनको न्यून चापिय रेखा तराई भू–भाग भन्दा दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाका अनुसार मनसुन न्यून चापिय रेखा बिस्तारै उत्तरतिर (नेपालतर्फ) सर्दै जाने छ।

    शुक्रबार राती देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

    शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।

    शनिबार राती देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।

    मौसम पूर्वानुमान शाखाका अनुसार आईतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।

    आइतबार राती देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू–भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij