सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तीन दिनको मौसम: विशेष योजना छ, ख्याल गर्नुहोस यस्तो हुनेछ

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही उत्तर तर्फ (नेपाल तर्फ) सरेको छ, साथै पूर्वी र मध्य नेपालमा एउटा न्युन चापिय क्षेत्रको असर पनि देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    देशभर समग्र मौसमको अवस्था
    हाल देशभर सामान्यतया बदली रहेको छ। देशको पुर्वी भुभागका केहि स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ। पुर्वी तराई भुभागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहितको वर्षा भइरहेको छ। देशका पुर्वी र पश्चिमि पहाडी भू–भागका केहि स्थानहरूमा पनि वर्षा भईरहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान
    श्रावण २२ गते (बुधबार)
    दिउँसोः देशका पुर्वी र मध्य भू–भागहरूमा सामान्यदेखि पूर्ण वदली रही देशको पश्चिमि भू–भागमा आंसिकदेखि सामान्य वदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पुर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

    रातीः देशभर सामान्यतया वदली रही पुर्वी र मध्य भू–भागहरूकाकेहि स्थानहरुमा र पश्चिमि भू–भागको एक-दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

    श्रावण २३ गते (बिहिबार)
    दिउँसोः देशभर आंसिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

    रातीः देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

    श्रावण २४ गते (शुक्रबार)
    दिउँसोः देशभर आंसिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पुर्वी पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ।

    रातीः देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमि पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    देशको केहि स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ। मध्य र पुर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ, जसले गर्दा सडक यातायातमा पहिरो/भू–क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij