सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गोसाइँकुण्ड जाने २ पदमार्ग सञ्चालन

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • बेत्रावती । गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ। काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य पदमार्ग पनि यथावत छ।

    हिन्दू र बौद्ध धर्मालम्वीको अस्थाको केन्द्रको रूपमा रहेको गोसाइँकुण्डसम्म पुग्न पर्यटकीय पदमार्ग तथा प्राकृतिक सुन्दरतासँग रमाउन चाहनेका लागि यसअघिदेखि नै कायम रहेको काठमाडौँको सुन्दरीजलबाट पैदलयात्रा शुरु गरेर चिसापानी, कुटुङसाङ्ग भङ्गनीगोठ, छहरेपाटी, घोप्टेभिर, फेदी हुँदै सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्ने पैदलमार्ग व्यवस्थित गरी सञ्चालनमा ल्याइएको लाङटाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए । ती दुवै पदमार्ग हुँदै यात्रा गर्दा दुई दिनमा गोसाइँकुण्ड पुग्न सकिन्छ।

    रसुवाको गोसाइँकुण्ड र नुवाकोटको सूर्यकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई व्यवस्थित गर्न पैदलमार्ग शुरु गरिएको उनको भनाइ थियो।सुन्दरीजलबाट नुवाकोटवासी तथा अन्य पर्यटकका लागि विदुर नगरपालिका- ५ गङ्गटेबाट अर्थात् काठमाडौँको टोेखा-छहरे सडक मार्ग हुँदै खरानीटारसम्म पुगेर त्यहाँबाट समुन्द्रटार, रामती, घ्याङ्फेदी, तालुकसेरी हुँदै फेदी निस्केर सूर्यकुण्ड/गोसाइँकुण्ड पुग्न सकिने व्यवस्था मिलाइएको छ।

    होमस्टे ९घरबास० समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको विभिन्न उपसमिति, आमा समूहलगायतको सक्रियतामा पदमार्ग सञ्चालन गरिएको घ्याङ्फेदीका बासिन्दा रञ्जमान तामाङले बताए। पदमार्ग हुँदै गोसाइँकुण्ड जाने तीर्थालुका लागि ठाँउठाँउमा सुविधा सम्पन्न होटल सञ्चालन गरिनाका साथै अहिलेका लागि स्वंयमसेवकमार्फत सुरक्षा व्यवस्था, खाद्यान्न आपूर्ति, पथप्रदर्शक, भरिया, औषधोपचार, थर्पु (अस्थायी होटल), शौचालयलगायतको व्यवस्था गरिएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए।

    गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेला साउन २० गते सोमबार पुत्रदा एकादशीदेखि शुरु भएको छ। उक्त मेला यही साउन ३० सम्म मनाइने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले जानकारी दिए। उनका अनुसार यस तीर्थयात्राको अबधिमा दुबै पदमार्गबाट करीब १५ हजार तीर्थालुले मेला भर्ने अनुमान गरिएको छ। गोसाइँकुण्ड समुन्द्री सतहबाट चार हजार ३०० मिटरको उचाइमा छ।

    पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाईं हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा पुगेर गोसाइँबाबा (भगवान् शिवशङ्कर) ले बोकेकोे त्रिशूलले हिर्काउँदा गङ्गाजल निस्केको र त्यहाँ गोसाइँकुण्ड बनेको किम्बवदन्ती छ। गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा पर्वका अवसरमा मेला लाग्ने गर्छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij