प्रकाशित मिति : शनिबार, साउन २५, २०७६
काठमाडौं महानगरपालिका–१५ ठूलोभर्याङमा सवारी दुर्घटना परी घाइते भएकाको उपचारको क्रममा मृत्यु भएको छ।
ठूलोभर्याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा घाइते भएका धादिङ गजुरी गाउँपालिका–८ का २० वर्षीय सुमन मग्रातीको उपचारको क्रममा मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij