प्रकाशित मिति : आइतवार, साउन २६, २०७६
निलम ओली,दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुहले आगजनी गरेकाे छ ।
गएराति करिव १२:४५ काे समयमा आगजनी भएकाे हुन सक्ने अनुमान गरीएकाे छ । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ ।
गाडिमा लागेकाे आगो ईलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे सई शर्माले बताउनु भयाे । बङलाचुली गाउपालिका वडा नं.५ काे कार्यालयप्राङ्गण मुर्कुटीबजारमा पार्किङ गरि राखीएकाे गाडीमा आगजनी भएकाे हाे !!
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij