सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चेलीबेटी बेचबिखनविरुद्ध सचेतता गोष्ठी

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • झापा । चेलीबेटी बेचविखनको स्वरुप बदलिएको परिस्थितिमा सचेतता जगाउन झापामा एक दिने गोष्ठी शनिबार सम्पन्न भएको छ । गरामनीको दुर्गा उच्च माविमा अध्ययनरत छात्राहरू र स्थानीय महिलाहरूलाई चेलीबेटी बेचविखनका विरुद्ध सचेत रहन सम्बन्धित क्षेत्रका अगुवाहरूले प्रशिक्षण दिएका हुन् ।

    माइती नेपालका प्रतिनिधि गोविन्द घिमिरेले अझै पनि नेपाली चेलीबेटीहरू भारतमात्रै होइन, खाडी, युरोप र अफ्रिकी मुलुकहरू सम्म नेपाली चेलीबेटीहरू बेचविखनमा परेको बताए । वैदेशिक रोजगारीको नाममा पनि केही चेलीबेटीहरू बेचिन बाध्य भएको घिमिरेले दाबी गरे । कक्षा ८ देखि १२ सम्मका करिब १५० छात्राहरु सहभागी उक्त सचेतता गोष्ठीमा कसैको प्रलोभनमा नपर्न सुझाव दिइएको थियो ।

    एकल महिला जागरण समुह झापाकी अध्यक्ष दुर्गा आचार्यको सभापतित्वमा संचालित कार्यक्रम मा बिर्तामोड नगरपालिका-९ की वडाध्यक्ष पवित्रा पाठकले पनि दिदीबहिनीहरू आफै सचेत भएर समाजमा जागरण ल्याउन पहल गर्नुपर्ने बताइन् ।

    गोष्ठीमा बिर्तामोडकी संगिता शिवाले पनि नेपाली चेलीबेटीहरू स्वदेशमै आत्मनिर्भर रहने कोसिस गरेमा बेचबिखनमा नपरिने बताइन् । विद्यालयका शिक्षक, स्थानीय समाजसेवी, रेडक्रस प्रतिनिधिले पनि गोष्ठीमा सहभागी भएर चेलीबेटी बेचविखन विरुद्ध ऐक्यवद्धता प्रकट गरेको कार्यक्रमका संचालक तथा सामाजिक अभियन्ता माइनसप्लस संग्रौलाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij