सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तीजमा प्रशासनले कडाइ गरेकोप्रति आपत्ति

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • पोखरा, साउन २६ । तीज पर्वलाई लिएर जिल्ला प्रशासन कार्यालय कास्कीले कडाइ गरेकोप्रति विश्व हिन्दु महासंघ गण्डकी प्रदेशले आपत्ति जनाएको छ ।

    महासंघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा तडक–भडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन सार्वजनिक सूचना जारी गरेकोप्रति विरोध जनाएको हो  । संस्कृतिप्रति राज्य अनुदार भएको भन्दै मुलुकमा अन्य धर्मलाई प्रश्रय मिल्ने गरी हिन्दू धर्मको बर्खिलापमा प्रशासन उत्रिएको आरोप महासंघको छ ।

    महासंघ कास्कीका सचिव कमल पौडेलले सरल तरिकाले दिदीबहिनीहरु रमाइलो गर्दा प्रशासनले  गिद्दे नजर लगाएको बताए । महासंघकी अध्यक्ष पार्वता पौडेलले प्रशासनको पत्रले समाजमा त्रास फैलिएको आरोप लगाइन् । प्रशासनले उक्त कदम फिर्ता नलिए अदालतको शरणमा जाने उनको चेतावनी छ ।

    यता, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने तीज मनाउन रोकेको नभइ व्यवस्थित गर्न खोजेको प्रतिक्रिया दिए । उनले महिनौदेखि नभइ निश्चित समयमा मात्रै तीज मनाउन आग्रह गरिएको प्रष्ट पारे ।

    जिल्ला प्रशासन कार्यालय कास्कीले केही दिनअघि एक विज्ञप्ति जारी गर्दै तडकभडक रुपमा नभइ सामान्य रुपमा तीज मनाउन आग्रह गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij