प्रकाशित मिति : आइतवार, साउन २६, २०७६
बुटवल, २४ साउन । डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा हाम्रो नेपाली समाजमा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवतिले के मलमुत्र सोहोरिरहेको होला भन्ने धेरै छन् । तर त्यस्ता सोंच भएका व्यक्तिलाई बाँके कोहलपुरकी शारदा शर्माले गतिलो सबक सिकाएकी छन् ।
शारदाले गाइपालनबाटै महिनाको लाखौँ कमाउँछिन् । बाँके कोहलपुर–१२ चप्परगौडीकी ३४ बर्षीया शारदा शर्माले बाबुआमाको हेरचाह, भाईको पढाई लेखाइमा मात्र समर्पित नभई पशुपालनमार्फत बाँकेमै उदाहरणिय बनेकी छन् । व्यबसायिक गाईपालनले नै उनलाई देश देखि विदेश सम्म चिनाएको छ । शारदा सिर्जनशील गाई फार्म सन्चालन गरेर वर्षमा ५–७ लाखरुपैयाँ बचत गर्छिन ।
१५ हजार रुपैयाँको लगानीमा डेढ दशक अघिदेखि सुरु गरेको गाई फार्मले आज उनको परिवारको आर्थिक उन्नती भएको छ भने सामाजिकरुपमा पनि निकै सम्पन्न बनाएको छ ।
एउटा उन्नत गाई किनेर गाइपालन सुरु गर्नु भएकी शारदाको फर्ममा अहिले १९ वटा गाई छन् । प्रतिदिन ७० लिटरसम्म दूध विक्री गर्नुहुन्छ । उनले बजारको माग धान्न सकेकी छैनन् । भारतको असममा रोजगारीमा रहेका बाबुलाई देशमै केही गरौं भनी कन्भिन्स गरेर फर्किएको र त्यसपछि गाईपालन सुरु गरेको उनको भनाइ छ ।
भारत छँदा शारदाका बुवाआमाले गाइपालन गर्दथे । त्यसैलाई पछ्याइन शारदाले पनि । परम्परागत प्रर्णालीबाट गाईपालन गर्दै आएकोमा शारदाले २०६८ साल देखि सिर्जनशिल गाई फर्म निर्माण गरेर आधुनिक प्रणालीबाट गाईपालन गरेकी हुन् ।
उनले थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेकी छन् । उनको परिवारले पनि गाइपालनमा सघाउ पु¥याएको छ । शारदा गाइपालनको राम्रो सम्भावना देख्छिन तर राज्यले किसानमन्त्री वातावरण बनाउन नसकेको उनको बुझाइ छ । हरेक क्षेत्रमा सरकारले अनुदानका कार्यक्रम ल्याएको छ । तर त्यसको प्रभावकारीता नदेखिएकोप्रति शारदाको चित्त दुखाई छ ।
लगनशिलता, इमान्दारिता र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेश भौतारिन नपर्ने उहाँ आफुजस्ता तन्नेरीहरुलाई सुझाव दिन्छिन । विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने बताईन ।
गाईपालनबाट केही समय निकालेर उनले सामाजिक कार्यमा पनि काम गर्दै आएकी छिन् । बालबालिकाका क्षेत्रमा काम गर्ने एउटा संस्था स्थापना गरी उनले बालबालिकाको क्षेत्रमा पनि आफुलाई क्रियाशिल बनाउँदै लागेकी छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij