सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विमानमा एयरहोस्टेसले रक्सी पिएर उभिनै नसक्ने भएपछि …

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • काठमाडौं। एक विमानमा एयरहोस्टेस यति धेरै नशामा थिइन् कि उनलाई यो समेत थाहा थिएन कि विमान कहाँ ल्याण्ड गरेको छ । अमेरिकाको युनाइटेड एक्सप्रेसको उडानमा काम गरिरहेकी एयरहोस्टेसको हालत निकै खराब भएको थियो र यात्रुले नै उनलाई सहयोग गर्नुपर्यो । अमेरिकाको भिस्कन्सिनकी जुलिआने नामकी यी एयरहोस्टेसलाई जागिरबाट निकालिएको छ ।

    उनीविरुद्ध मुद्दा दायर गरिएको छ । जाँचमा आएको नतिजाअनुसार उनले तोकिएको सीमाभन्दा ५ गुणा धेरै रक्सी पिएकी थियन् । यी एयरहोस्टेस २ अगष्टमा शिकागोबाट इंडियाना जाने बिहानको उडानमा ड्युटीमा थिइन् । उनी विमानमा आएपछि यात्रुहरुले देखे कि उनी न त ठिकसँग सुरक्षाको सन्देश दिन सकिरहेकी थिइन् न त ठिकसँग हिँड्न नै सकिरहेकी थिइन् ।

    एक यात्रुले एयरलाइन्सलाई ट्वीट गरेर जानकारी दिए कि हाम्री फ्लाइट अटेन्डेन्ट नशामा छिन् । उनी उभिन पनि सकिरहेकी छैनन् र यात्रीहरुको सामान पनि खसालिरहेकी छिन् । एक अन्य यात्रीका अनुसार विमानमा एकमात्र फ्लाइट अटेन्डेन्ट थिइन् । उनको फोन लगातार बजिरहेको थियो र उनी उठाइरहेकी थिइनन् । पाइलटले पनि उनीसँग कुरा गर्न सकिरहेका थिएनन् । गिरफ्तारीपछि सोधपुछको क्रममा महिलाले आफूले उडानभन्दा अघि भोड्का पिएको बताएकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij