सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान

  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६



  • नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ। नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो। बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताए।

    शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको छ । नगरपालिकाभित्र अभिभावक विहीन ८८ बालबालिका रहेको तथ्याङ्क छ। “विस्तारै अन्य असहाय बालबालिकालाई रकम वितरण गछौँ”, नगरप्रमुख पुनले भने। कावासोतीलाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ।

    मारुनी नाच संरक्षण गर्न सामग्री वितरण

    नवलपरासी पूर्वदेवचुली नगरपालिका–९ ले मारुनी नाच संरक्षणका लागि विभिन्न सामग्री वितरण गरेको छ। मगर समुदायमा प्रचलित मारुनी नाच संरक्षणका लागि वाद्यवादनका सामग्री र पोशाक प्रदान गरिएको छ । मादल, मुजुरा, खैजरीलगायत सामग्री वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सारुले बताए । मगर समुदायमा प्रचलित मारुनी नाच पछिल्लो समय लोप हुँदै गएको छ।

    “संरक्षण र प्रर्वद्धनका लागि वाद्यवादन सामग्री र पोशाक वितरण गरेका हौँ”, उनले भने। मगर समुदायको परम्परागत संस्कृतीको बारेमा पछिल्लो पुस्ताले थाहा नपाउँदा संस्कृति लोप हुने अवस्थामा पुगेको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij