सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज देशका पहाडी भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना

  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६



  • आज देशका पहाडी भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपासमा रहेको छ । मनसुनको निम्न चापीय रेखा भारतको उत्तर–पूर्वी राजस्थान तथा हरियानातिर छ ।

    मनसुनको न्यून चापीय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शीरसम्म जनाउने मौसमविद्हरुले जानकारी दिएका छन् । आइतबार बिहान देशका अधिकांश स्थानहरूमा सामान्य बदली रही पूर्व र पश्चिमका एक–दुई स्थानमा मध्यम खालको वर्षा भइरहेको जनाइएको छ ।

    दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही पश्चिमी, पूर्वी र मध्य क्षेत्रका स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ । पश्चिमी र पूर्वी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भई केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij