सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

एक गाग्रो पानी लिन २ घण्टा लाग्ने गाउँका टोल टोलमा धारा

  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६



  • जाजरकोट । बारेकोट गाउँपालिका लैखम खालकाटीयाकी ५५ वर्षीया भद्रकला खत्रीको आधा जीवन खानेपानीको गाग्री बोकेरै बित्यो। उनलाई घरको अन्य कामकाजभन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो । सोही ठाउँकी कमला खत्रीको पनि पीडा उस्तै थियो । पानीकै लागि ठूलै सङ्घर्ष गर्नुपरेको कमलाले बताए । घर नजिक पानी नहुँदा दुई घण्टा टाढा नमेलाखोला जानुपर्ने बाध्यता थियो भद्रकलालाई।

    भद्रकला र कमला मात्र होइन, गाउँका १०० घरका महिलाको पीडा उस्तै थियो । एक गाग्री पानी लिन दुई घण्टा पैँदल हिँडेर नमेलाखोलाको नाउलामा जानुपर्ने, पालो कुरेर बस्नुपर्ने बाध्यता थियो।

    त्यो विगतको पीडा अन्त्य भएको छ । घर नजिकै खानेपानीको सुविधा पुगेपछि महिलाहरु खुशीले गद्गद् छन्। खानेपानी आयोजना निर्माण गर्न बारेकोट गाउँपालिकाको रु ४८ लाख लागत र स्थानीयवासीको श्रमदानबाट खानेपानी निर्माण भएको बृहत खानेपानी उपभोक्ता निर्माण समितिका सचिव रणबहादुर खत्रीले बताए ।

    लामो समयदेखि खानेपानी समस्या भोगेका गाउँका स्थानीयवासी पानी आएपछि खुशी भएका छन्। लैखमवासी १०० घरधुरीले खानेपानीको सुविधा पाएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

    बारेकोट गाउँपालिका–८ को पैरेखाली, खालकाटीया, रिमदारा, रातापोख्रा, पखेरी, माथिगाउँलगायत गाउँमा तीन वर्षपछि खानेपानी योजना बनेको स्थानीय ६८ वर्षीय मनबहादुर खत्रीले बताए ।

    यो गाउँमा पानी आउँला भन्ने कल्पनासमेत कसैले गरेका थिएनन्। वर्षामा आकाशबाट आएको जम्मा गरेको पानी खानुपर्ने बाध्यता, हिउँदमा नाउलाको पानी खानुपर्ने समस्या अन्त्य भयो। अहिले धेरै सहज भएको छ, अर्का हरिबहादुर खत्रीले बताए । उक्त खानेपानीबाट १०० घरधुरीलाई पायक पर्ने गरी १४ धारा राखिएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij