प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६
बर्षात ओली,दाङ
मजगाउँ जहदागाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २०७६ सालको सार्बजनिक सुनुवाइ हालै सम्पन्न भएको छ ।
तुल्सीपुर उपमहानगरपालिका वडानम्बर १६ का वडा सदस्य रमा भण्डारीको उपस्थिति एबं समितिका अध्यक्ष देबराज मजगैयाँको अध्यक्षता भएको कार्यक्रममा १६८ उपभोक्ताहरुको उपस्थिति रहेको समितिका सचिव मुक्त बहादुर डी.सीले जानकारी दिनुभयो ।
सार्बजनिक सुनुवाइ सार्बजनिक गरेको विवरण यस्तो छ। सुरुवातमा२०७४सालमा डिल्ली बहादुर चौधरीको सांसद कोषबाट २० लाख,तुल्सीपुर उपमहानगरपालिकाबाट ०७४/०७५मा ७ लाख ५० हजार ,तुल्सीपुर उपमहानगरपालिका
बाट ०७५/७६मा १० लाख र उपभोक्ताहरु १६८घर धुरीको १० का दरले धरौटी जम्मा जम्मा रकम १६,८० हजार रकम जम्मा भएको सचिव डी सी ले जानकारी दिनुभएको छ । विभिन्न शिर्षकमा अरु सबै रकम खर्च भएको छ भने अब बचत १४६४४०८ रहेको छ ।
नेपाली काङ्ग्रेसका सांसद डिल्ली बहादुर चौधरीले आफ्नो सांसद कोषबाट २०७४ सालमा दिएको २० लाख रकमबाट सुरुमा कामको सुरुवात गरीएको थियो । समितिले ५ वटा प्रस्ताव माथि छलफल गरि निर्णय गरेको छ ।
१-आय ब्यय सार्बजनिक सुनुवाइ २-पलम्बर सम्बन्धमा३-धारा महशुल सम्बन्धमा४-हेड ट्यांकी सम्वन्धमा५-पदाधिकारीलाई दिईने लागेको खर्चको सम्बन्धमा।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij