सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सिरहामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६



  • सिरहा– मोटरसाइकलको ठक्करबाट घाइते एक वृद्धाको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गालबजार नपा २ गुरुधामका ६५ वर्षीय बौद्धनारायण यादव रहेको प्रहरीले जनाएको छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबाजर नपा ४ निपनियाँमा उत्तरबाट दक्षिणतर्फ बाटो कोट्ने क्रममा यादवलाई पूर्वबाट पश्चिमतर्फ आइरहेको स. ४ प ९७५८ नम्वरको मोटरसाइकलले ठोकर दिँदा दुवै खुट्टा भाँच्चिएको थियो ।

    उनको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । उनको शव आफै घर ल्याई दाहसंस्कार गरेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij