आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरामा ट्रकले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६



  • पोखरा– पोखराको जिरो किलोमिटरमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । दिउँसो करिब २ बजेर ५० मिनेटमा ‘लु १ ख ७९९०’ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो ।

    मृत्यु हुने साइकलयात्री भारत मेनापुरका ५५ वर्षीय रफिक खान रहेको प्रहरीले जनाएको छ । खान अहिले पोखरा, ८ सिर्जनाचोकमा बस्दै आएका थिए । ट्रकको ठक्करबाट घाइते भएका खानलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो ।

    अस्पतालले उनलाई मृत घोषणा गरेपछि पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने तयारी भइरहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

    ठक्कर दिने ट्रक चालक बागलुङ, धम्जा ७ का ३७ वर्षीय उजिरबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए । अहिले चालक र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिई सकेको उनले सुनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij