सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

भोलि कृष्ण जन्माष्टमी: घरमा ल्याउनुहोस् मयूरको प्वाख, मिल्छ लाभैलाभ

  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६



  • भोलि कृष्ण जन्माष्टमी, हिन्दू धर्मालम्वीले यस पर्वलाई भगवान कृष्णको पूजा आराधना गरेर मनाउने गर्दछन्। मयूरको प्वाखलाई श्रीकृष्णको निकै प्रिय बस्तु मानिने गरिन्छ। यो दिन मयूरको प्वाख घरमा ल्याउँदा निकै शुभ हुने धार्मीक विश्वास छ।

    श्रीकृष्णको शिरमा सधै मयूरको प्वाख रहने गर्दछ। कृष्ण वाहेक गणेश भगवान र कार्तिकेय भगवानलाई पनि मयूरको प्वाख निकै बस्नु हो। विद्याकी देवी सरस्वतीको पनि मयूरको प्वाख निकै प्रिय मानिने गरिन्छ। त्यसैले किताबमा मयूरको प्वाख राख्ने चलन छ।

    घरमा मयूरको प्वाख राख्दा के हुन्छ ?
    सकारात्मक उर्जाः वास्तुशास्त्रका अनुसार घरमा मयूरको प्वाख राख्दा अनेक प्रकारका वास्तुदोष हट्ने गर्दछन्। मयूरको प्वाखले सकारात्मक उर्जालाई आफूतिर आकर्षक गर्ने वास्तुशास्त्रमा उल्लेख छ।

    अमंगल हट्छ
    हिन्दु मान्यताका अनुसार मयूरको प्वाख घरमा ल्याउदा अमंगल टलने गर्दछ। मयूरको प्वाख राख्दा यसको वरीपरी नकारात्मक उर्जा समेत आउन सक्दैनन्। त्यसैले भगवान श्रीकृष्णले आफ्नो मुकुटमा मयूरको प्वाखलाई स्थान दिएका छन्।

    अपूरा काम पुरा
    यदी मयूरको प्वाख कुनै राधा कृष्णको मन्दिरमा वा मूर्तिको मुकुटमा ४० दिनसम्म स्थापित गरेर प्रत्येक दिन वेलुकी मक्खन–मिश्र चढाउँनुहोस्। ४१ औँ दिन त्यही प्वाखलाई मन्दिरमा दक्षिणा दिएर घरमा ल्याइ स्थापना गर्नुहोस्। यसो गर्दा घरको धन–सम्पत्ति, सुख–शान्तिमा वृद्धि हुनेछ। यसका साथै तपाईका अपुरा काम पनि पुरा हुँदै जानेछन्।

    कालसर्प दोष हट्छ
    मयूरको प्वाखमा काल सर्प दोष हटाउने अद्भूत क्षमता हुने गर्दछ। कार्ल सर्प दोष भएका व्यक्तिले आफ्नो तकियाको मुनी ७ वटा मयूरको प्वाख सोमबार राखेर सुत्नुहोस्। त्यसपछि सधै सुत्नका लागि त्यही तकियाको प्रयोग गर्नुहोस्। यसो गर्दा कालसर्प दोष हट्ने गर्दछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij