प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६
कृष्ण अष्टमीका दिन आज भगवान श्रीकृष्णको आराधना गरी कृष्ण जन्माअष्टमी मनाइँदै छ । भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा देशभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्ने गरिन्छ ।
यसै अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । श्रद्धालुहरूले बिहानैदेखि लाइन लागेर पूजाआजा गरिरहेका छन् । भगवान कृष्णले आफ्नै मामा कंसको बध गरेर अत्याचार र अन्याय गर्नेहरूको जित हुँदैन भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीले कृष्ण जन्मिएको भाद्र कृष्ण अष्टमीको दिनलाई महत्वपूर्ण पर्वका रूपमा मनाउँदै आएका छन् । भगवान कृष्णकाे पूजा आराधना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij