सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

“समर्पणको पर्व तीज”

  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६



  • रमेश कुमार महत,सामाखुसी काठमाडौ । हरितालीका तिज अबिबाहीत नेपाली महिलाहरुले सुयोग्य पति प्राप्ति र बिबाहित महिलाहरुले आफ्नो पतिको सुस्वास्थ,दिर्घायू र समुचित जिवनको कामना गरि तिजको व्रत वस्ने परम्परा छ।

    हिमालय पुत्री पार्वतीले आफ्नो बिबाहा भगवान शंकर (शिव),महादेव पति प्राप्त होस भनि गरेको कठिन ब्रत बाट तिजको पर्व शुरु भएको पाइन्छ।

    उता पिता हिमालय पार्बती बिबाह सर्बगुण सम्पन्न बिष्णु आफ्नो छोरी पार्बतीको विवाह गराउन चाहन्थे।पार्बतीको एकमात्र चाहना महादेव पति होस भन्ने थियो।

    सोहि कारण पार्बतीले महादेव पति पाउँ भनि कठोर ब्रत बसीन्।ब्ररको प्रभावले महादेबले विष्णुको रुप धारण गरि पार्वती कहाँ गएर भने, हे पार्वती तिम्रा पिता मलाई बिबाह गरिदिन चाहान्छन, म त्यै प्रस्ताव लिएर आएको कुरा वताए सो कुरा सुनि पार्वतीले भनिन म यो कठिन ब्रत महादेव पति पाउँ भनि गरेको हुँ, मेरो अन्य विकल्प छैन भनेपछि महादेव प्रभाबित भई आफ्नो स्वरुपमा आई पार्बतीको प्रस्ताब स्वीकार गरि महादेब पार्वतीको बिवाह भएको कुरा बैदिक सनातन हिन्दु धर्ममा पाईन्छ।

    तिजको व्रतको लागि अघिल्लो दिन दर(खिर र अन्य मीठा मीठा परिकार)खाने चलन छ। भोली पल्टको बर्तको लागी अघिल्लै दिन गरिष्ठ भोजन गरि बर्तको दिन गाह्रो नहाेस भनि दर खाने चलन छ ।

    पहिले विवाह भई टाढाटाढा गएका महिलाहरुको लागि आफ्नो जन्मघर माईति आउने दिनको रुपमा पनि तिजलाई लिईन्छ।यस पर्बमा आफ्नो बालसखिहरु जम्मा भै दु:ख सुखका गित गाउने मनको बह पोख्दै नाच्ने चलन छ।

    हाल आएर तिज पर्ब बिस्तारै भड्कीलो पर्बको रुपमा मनाइने चलन बिस्तार हुँदैछ। यस पर्बमा सबै तहका महिलाहरु धनि गरिब सबैले मनाउन सक्ने पर्बको रुपमा नै रहनु आवस्यक छ।। हरितालीका तीजको अबसरमा नेपाली दिदी बहिनिहरुलाई हार्दिक मंगलमय शुभकामना !

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij