सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

स्कुलमा जंजीरले बाँधिएका भेटिए १०० बालक

  • प्रकाशित मिति : आइतवार, अशोज १२, २०७६



  • काठमाडौं। एक स्कुलभित्रबाट पुलिसले ५ सय जनाको उद्धार गरेको छ । यीमध्ये ठूलो संख्यामा बालकहरु छन् । यो स्कुल इस्लामिक भएको बीबीसीको समाचारमा उल्लेख छ । घटना नाइजेरियाको कडुनाको हो । कडुनाका पुलिस प्रवक्ताका अनुसार बन्धक बनाइएकाहरुमध्ये १०० बालकलाई जंजीरले बाँधेर राखिएको थियो । बाँधेर राखिएका छात्रहरुका अनुसार स्कुल स्टाफ उनीहरुलाई अप्राकृतिक बलात्कार गर्थे ।

    नाइजेरियाको पुलिसलाई उद्धृत गर्दै समाचारमा बन्धक बनाइएका बालकहरुसँग यौन दुर्व्यवहार गरिएको छ । उद्धार गरिएकामध्ये जंजीरले बाँधिएका बालकहरु ५ वर्षसम्मका छन् । कडुनाका पुलिस प्रवक्ता याकुबू सबोका अनुसार उनीहरुलाई यहाँ कुरानको शिक्षा दिने भनेर राखिएको थियो । यो स्कुल करिब १ दशकदेखि संचालनमा थियो । अभिभावकलाई लाग्थ्यो कि उनीहरु बालबालिकालाई सुधार गर्ने र कुरानको शिक्षा दिनका लागि यहाँ पठाइरहेका छन् ।

    कैयौंसँग ड्रग्स र बिरामीबाट छुटकारा दिलाउने बाचा गरेर समेत बालबालिका यहाँ ल्याइएका थिए । कडुनाका पुलि प्रमुख अली जंगाका अनुसार एक अज्ञात व्यक्तिले यो भवनभित्र संदिग्ध गतिविधि भएको सूचना दिएका थिए । त्यसपछि यहाँ छापा मारिएको थियो । पुलिस प्रमुखले यो भवनलाई यातनागृहको संज्ञा दिएका छन् । शिक्षकहरु समेत ८ संदिग्धलाई पुलिसले पक्राउ गरेको छ ।

    पुलिसका अनुसार उद्धार गरिएकामध्ये कैयौं घाइते थिए । कैयौं भोका थिए । केही व्यक्तिहरुले आफूहरुलाई वर्षौंदेखि यहाँ राखिएको र बाहिर जाने स्वतन्त्रता नदिइएको बताए । एक युवकले स्थानीय मिडियालाई बताएअनुसार उनका खुट्टा ३ महिनादेखि जंजीरले बाँधिएको थियो । यहाँबाट भाग्ने कोसिस गर्नेहरुलाई पंखामा झुण्ड्याएर मारिएको थियो । उद्धार गरिएकाहरु फरक फरक देशका छन् । पीडितका अनुसार यातनाका कारण यहाँ केही छात्रले ज्यान गुमाइसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij