सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

“बड़ादशैको सातौ दिन फुलपाती”

  • प्रकाशित मिति : शनिबार, अशोज १८, २०७६



  • रमेशकुमार महत, काठमाडौ । विधिवत जमरा राखी घटस्थापनाको दिन शुरु गरिएको बडादशै वा नवरात्रको सातौ दिन आज फुलपातीको दिन हो।आजै दशैँको पूजाघरमा जयन्ती, केरा, वेसार(हलेदो), धान, अशोक, दारिम,वेलपत्र, धानको वाला,ऊखु समेत जम्मा गरि साँझको समयमा फुलपाती भित्र्याऊने गरिन्छ ।

    १६ औँ सताप्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको तलेजु भवानी मन्दिर बसन्तपुर, हनुमानढोकाको पुजाघरमा गोर्खाबाट ल्याईएको फुलपाती भित्र्याऊने चलन छ।

    आजको दिन शक्तिस्वरुपा देवि द्वारा प्रत्येक रगतको थोपामा पुनर्जिवनको वरदान पाएको रक्तविज दैत्य (दानव)को संहार गरेको दिन हो । आजैको दिनमा गाऊँघरमा लिङ्गे पिंग हालिन्छ, जसको कारण बडादशैँको छुट्टै रौनक़ दिन्छ।४वटा टुप्पो नकाटिएको वाँसलाई गाडेर खर र बाबियोको डोरी बाटेर लिङ्गे पिंग गाडिन्छ।दशैँमा एकपटक भएपनि लिङ्गे पिंगमा चढेर भुई छाड्नु पर्दछ, भन्ने परम्परा रहिआएको छ।

    आज देखि बडादशैँँको सरकारी विदा हुनेहुँदा विभिन्न काम,ब्यापार, व्यवसायको शिलशिलामा आफ्नो जन्मथलो छाडि अन्यत्र गएका सवैजना आ-आफ्नो जन्मथलो घरमा दशैँ मनाऊन फर्कने दिन पनि हो ।जसको कारणले गाऊँघरमा छुट्टै रमाईलो हुने गर्दछ। बिजया दशमीको उपलक्ष्यमा संपुर्णमा हार्दिक मंगलमय शुभकामना !!!

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij