प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६
काठमाडौँबाट सुर्खेतको लागि छुटेको ना ७ ख ६८४१ नम्बरको यात्रुवाहक बस दाङ र बाँके जिल्लाको सीमानामा रहेको शिव खोलामा दुर्घटनामा परेको छ । बसमा सवार यात्रुहरुलाई सामान्य चोटपटक लागेको र उनीहरुलाई उपचारको लागि कोहलपुर र नेपालगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । दुर्घटना स्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेर घाइतेहरुको उद्धार गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij