सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कर्णाली प्रदेशका ५० गाउँलाई तीन वर्षमा नमूना बनाइने

  • प्रकाशित मिति : बिहिबार, अशोज २३, २०७६



  • सुर्खेत । कर्णाली प्रदेशका ५० वटा गाउँलाई आगामी तीन वर्षभित्र नमूना गाउँ बनाउने तयारी शुरु भएको छ। नमूना समाज सुर्खेतको सहजीकरण तथा स्थानीय तहको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटका ती गाउँलाई नमूना गाउँ बनाउन लागिएको हो।

    सुर्खेतको सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिंगाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिका, जुनिचाँदे गाउँपालिका तथा दैलेखको ठाटीकाँध र गुराँस गाउँपालिकामा नमूना गाउँ बनाइने नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर घर्तीमगरले जानकारी दिए।

    उनले हाल तीनवटै जिल्लामा नमूना गाउँ व्यवस्थापन समिति गठन गर्ने काम भइरहेको बताए । हालसम्म १४ वटा व्यवस्थापन समिति गठन भइसकेका छन् । गाउँ छनौट गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएको छ । नमूना गाउँ बन्नका लागि पहिलो वर्ष मानव विकास सूचाकाङ्कसँग सम्बन्धित सशक्तीकरण र जनचेतनामूलक, दोस्रो वर्ष भौतिक पूर्वाधार तथा सीप विकास, अन्तिम तथा तेस्रो वर्ष स्थानीय तहलाई हस्तान्तरण गरिनेछ । ‘हरेक नमूना गाउँमा कम्तीमा २० जना स्वरोजगार हुने गरी योजना बनाइनेछ’, कार्यकारी निर्देशक घर्तीमगरले भने, ‘नमूना गाउँका लागि नौ वटा मुख्य सूचकलाई आधार बनाई १ सय ५ सहायक सूचक हरेक वर्ष पूरा गर्नुपर्छ ।’

    शिक्षा, स्वास्थ्य, पोषण सुधार, खानेपानी तथा सरसफाइ, जीविकोपार्जन, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन, सशक्तीकरण र अधिकार, महिला–पुरुष समान नेतृत्व र लघु भौतिक पूर्वाधारका योजनाहरु गरी नौवटा मुख्य सूचक रहेको नमूना समाज सुर्खेतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij