प्रकाशित मिति : आइतवार, अशोज २६, २०७६
दरबारमार्गको भिक्ट्री लाउन्जमा आगलागी भएको छ।
आइतबार साँझ करिब ६ : १० बजे भिक्ट्री लाउन्जमा आगलागी भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ।
प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ।
‘५/६ वटा दमकलले आगो निभाउने कार्य गरिरहेका छन्’, प्रहरी नायब निरीक्षक गोविन्द नायबले भने, ‘कुनै पनि मानवीय क्षति भने भएको छैन।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij