सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अमिताभ बच्चनले मागे फ्यानहरूसँग माफी

  • प्रकाशित मिति : सोमवार, कार्तिक ४, २०७६



  • बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना फ्यानहरू समक्ष माफी मागेका छन्।

    हरेक आइतबार अमिताभ बच्चन आफ्नो निवास बाहिर फ्यानहरूसँग भेट्ने गरेका थिए। तर यो हप्ता उनले भेट्न सकेनन्। बच्चनको कलेजोमा समस्या देखिएपछि गत मंगलबार मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका थिए।

    अस्पतालबाट फर्केर उनले आफ्नो स्वास्थ्य पूर्ण रूपमा निको नभएको कारण भेट्न नसक्ने बताएका थिए। त्यसको बाबजुद फ्यानहरूले उनलाई भेट्न निवास पुगे।

    पछि उनले ट्वीटरमार्फत् माफी मागेका हुन्।

    ‘भेट्न नसक्ने बताउँदा पनि आइतबार भेट्न आउनुभयो, माफी चाहन्छु तर म बाहिर आउन सक्दिनँ’ उनले ट्वीटरमा लेखेका छन्। सन् १९८२ मा कार दुर्घटना हुँदा उनलाई हेपाटाइटिस बी भाइरसको संक्रमण भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij